मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ



हेटौंडा । मकवानपुरमा मोटरसाइकल चोरीको घटना बढिरहेको अवस्थामा प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीको घटना बढेसँगै प्रहरीले चेकजाँचलाई तीव्रता दिएको थियो ।

सोही अनुरूप प्रहरीले साउन ८ गते आइतबार हेटौंडा-१० बसपार्कमा सवारी चेकजाँचको क्रममा चोरीको मोटरसाइकल सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेहरुमा जिल्लाको बागमती-४ राईगाउँका २३ वर्षीय बिछोड लामा र बकैया-२ का ३३ वर्षीय तिर्थमान लामा भोलन रहेका छन्। सुरक्षा जाँच गर्ने क्रममा लामाले चलाएको बागमती प्रदेश ०२–०१९ प १४७१ नम्बरको मोटरसाइकलभोलनले चलाएको ०२–०३६प ९९१६ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चोरीको मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि लामा र भोलनलाई प्रहरी बृत्त बौद्ध तथा गौशाला, काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्