प्रहरीलाई दुर्व्यवहार गरेकोप्रति पूर्वयुवराज पारस शाहले मागे माफि



काठमाडौं : आफूले प्रहरीलाई दुर्व्यवहार गरेको घटनाप्रति पूर्वयुवराज पारस शाहले माफि मागेका छन् । 

आइतबार त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वयुवराज शाहले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । सो घटनालाई लिएर प्रहरीले छानबिन गर्ने बताइरहेको बेला सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले माफि मागेका हुन् । 

उनले फेसबुकमा अंग्रेजी भाषामा स्टाटस लेख्दै भने प्रहरीले आफ्नो छोराको अनुहारमा डण्डा देखाएकाले त्यस्तै दुर्व्यवहार हुन पुगेको बताएका छन् । 

‘आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेकाले आफ्नो ‘मुड’ खराब भएको र त्यही बेला प्रहरीले आफ्ना छोराको अनुहारमा डण्डा देखाएकाले त्यस्तो दुर्व्यवहार हुन पुगेको हो । त्यसका लागि म सम्बद्ध पक्षसँग क्षमा चाहन्छु’ पूर्वयुवराज पारसले लेखेका छन् । 

यदि आफ्नो ठाउँमा अरू जोसुकै ‘नेपाली बाबु’ भए पनि त्यस्तै व्यवहार गर्न पुग्ने बताउँदै उनले भने अब बाँकी निर्णय गर्ने जिम्मा नेपाली जनताको हो । 

उनले विमानस्थलभित्र छिर्ने क्रममा बायाँ हातले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर थिए । 

 

प्रतिक्रिया दिनुहोस्