बागमती प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य



हेटौंडा । बागमती प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको दशौँ अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन्।

प्रदेशसभा सचिवालका सचिव कृष्ण हरि खड्काले सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका छन्। दशौँ अधिवेशनले मुख्यतः चालु आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ।

दशौँ अधिवेशनको अन्त्यसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्