विदेशी मुद्राको आजको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२७ रुपैयाँ ८८ पैसा पुगेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ ०७ पैसा र बिक्री दर १३० रुपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्