कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 



कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएको छन् ।  दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २० वर्षीय आभाष परियार र पछाडि सवार २२ वर्षीय विष्णु परियार घाईते भएका थिए। 

विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका चालक आवासको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ । 

सोमबार साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्