सुस्तामा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु 



नवलपरासीनवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । 

उनको चौपत्ता स्थित शहीद स्मृति सामुदायिक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो। आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्