बसले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु 



नवलपुर : नवलपरासीको मध्यविन्दु नगरपालिकामा मङ्गलवार बिहान बसले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ  भने एक जना घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका –७, चोरमारामा काठमाण्डौबाट महेन्द्र नगरका लागि छुटेको ना ५ ख ४८६ नम्बरको बसले साइकलयात्री भारत मोतीहारी घर भई मध्यबिन्दु  नगरपालिका –७, चोरमारामा प्लाष्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहबिर आलमलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएका उनको  मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका  प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

बसले  ठक्कर दिँदा ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका –७, बस्ने भानुभक्त पंगेनी घाइते भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्