प्रचण्ड साउन २१ गते जापान जाने



काठमाडौं । नेकपा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।

त्यसका लागि अध्यक्ष साउन २१ गते जापान हिँड्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

‘पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा निमन्त्रणा आएको छ । त्यहाँ तय भएको कार्यक्रममा सहभागी हुन अध्यक्ष त्यसतर्फ जान लाग्नुभएको हो’, स्वकीय सचिव मल्लले भने ।

अध्यक्षको टोलीमा कोको सहभागी हुने भन्ने निश्चित नभएको मल्लले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्ड यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्