कार्यक्रमको नाममा हामीले कसैलाई अवैध रुपमा अष्ट्रेलिया लगेका छैनौँः बाबा कन्सल्टेन्सी



काठमाडौं । गत शुक्रबार अष्ट्रेलियाको सिड्नीमा भएको ‘लेट्स डान्स विथ सुपर स्टार गोबिन्दा’ नामक कार्यक्रममार्फत बाबा एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलियामा अवैध तरीकाले मान्छे ओसार-प्रसार गरेको भन्दै नेपालका संचार माध्यमहरुमा समाचार प्रकाशित भएका थिए। यस विषयलाई खण्डन गर्दै बाबा एजुकेशन कन्सल्टेन्सीले एक विज्ञप्ति जारी गरेको छ ।

कन्सल्टेन्सीको बारेमा भ्रामक तथा कपोकल्पित समाचार प्रकाशित भएको भन्दै त्यस्ता विषयलाई प्रमाणित गर्न विज्ञप्तिमार्फत चुनौती दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यदि कसैले हामीले गैह्रकानुनी काम गरेको प्रमाण देखाउन सक्छ भने हामी कानुन बमोजिम सजाए भोग्न तयार छौँ ।’

विज्ञप्तिमा कार्यक्रमको बहानामा मोटो रकम उठाएर असम्बन्धित व्यक्तिलाई अष्ट्रेलिया प्रवेश गराएको जस्तो कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेर केहि महिनाअघि आएका अभिभावकहरुको नामसमेत जोडेर पीत पत्रकारिता नगर्नसमेत उक्त कन्सल्टेन्सीले सम्बन्धित व्यक्ति र संस्थालाई अनुरोध गरेको छ ।

साथै, विज्ञप्तिमार्फत मनगढन्ते भ्रामक र गलत खबरलाई समाजमा फैलाएर गलत सूचना प्रवाह गर्नेविरूद्ध कानूनी कारबाहीका लागिसमेत बाबा कन्सल्टेन्सी अघि बढी सकेको जानकारी पनि गराएको छ ।

उक्त कार्यक्रममा भरतीय कलाकार गोबिन्दा आहुजा, उनकी पत्नी सुनिता आहुजा तथा नेपालबाट दिनेश डिसि लगायतको उपस्थिति रहेको थियो।

प्रेस विज्ञप्तिः

यही शुक्रबार सिड्नीमा सम्पन्न लेट्स डान्स विथ सुपर स्टार गोबिन्दाको विषयलाई लिएर नेपालबाट संचालनमा आएका केही अनलाइनहरूमा बाबा एजुकेशन कन्सल्टेन्सीको बारेमा भ्रामक तथा कपोकल्पीत समाचार प्रकाशीत भएकोमा हाम्रो गम्भीर आपत्ती रहेको जानकारी गराउन चाहन्छु ।

सत्य तथ्य र वास्तविकतामा रहेर गर्नुपर्ने पत्रकारीता जगतमा बिना आधार र प्रमाण कपोकल्पीत भ्रामक र मनगढन्ते कहानी लेखेर शैक्षिक क्षेत्रमा नेपाल र अस्ट्रेलियामा एउटा अलग पहिचान बनाएको संस्थाको व्यावशायिक धर्म र व्यक्तीगत प्रतिष्ठा धमिल्याउने गरी नेपालबाट प्रकाशित हुने एक अनलाइनले समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ । हाम्रो आफ्नै ज्ञान, मान र पहिचान बनाएको व्यावशायीक संस्थाको गरिमा गिराउनेगरी नियोजित, कपोकल्पित र पित पत्रकारिताको बर्को ओढेर समाचार प्रवाह गरेकोमा हामी घोर भर्त्सना गर्न चाहन्छौँ ।

यस्ता मनगढन्ते भ्रामक र गलत खबरलाई समाजमा फैलाएर गलत सुचना प्रवाह गर्ने विरूद्ध हामी कानूनी कारबाहीका लागि अघि बढी सकेको जानकारी गराउन चाहन्छौँ । बाबा एजुकेशन भारतीय सीनेमाकर्मी गोबिन्दाको कार्यक्रमको मुख्य प्रायोजक मात्र रहेको र अन्य कुनै कार्यमा बाबाको कुनै पनि संलग्नता र आबद्धता नभएको जानकारी समेत गराउन चाहन्छौं । हामीले यो कार्यक्रमको बहानामा मोटो रकम उठाएर असम्बन्धित व्यक्तिलाई अष्ट्रेलिया प्रवेश गराएको जस्तो कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेर केहि महिनाअघि आएका अभिभावकहरुको नामसमेत जोडेर पीत पत्रकारिता नगर्न सम्बन्धित व्यक्ति र संस्थालाई अनुरोध गर्दछौं ।

हाम्रो संस्थालाई यो भन्दा पहिला पनि पटक पटक आक्रमण हुने गरेको छ । त्यस्ता आक्रमण विरूद्ध हामीले सम्बन्धित निकाएमा पुगी आवश्यक कारबाही गरेर छोडेका थियो । अहिले पनि हामी विरुद्ध चलाइएका यस्ता गलत हल्ला अस्ट्रेलियाबाटै परिचालित भएको खबर हामीले हात पारेका छौं। तसर्थ आवश्यक यथस्त प्रमाण जुटेपछि हामी अस्ट्रेलियाको कानूनी प्रक्रियाबाट पनि कारबाहीका लागि अघि बढ्ने जानकारीसमेत गर्न चाहन्छौँ ।

जुन कार्यक्रमको विषयलाई लिएर हाम्रो संस्थाको नाम बदनाम गराउन खोजिएको छ त्यसमा हामी विशुद्ध प्रायोजक मात्र हो, हामी आयोजक होइन र भिषा प्रकृया पनि हामीले गरेका होइनौ। यसको आयोजक लाहुरी टिभी हो। गलत समाचार प्रकाशित गर्नेले आयोजकको बारेमा केही नलेख्नु र एकोहोरो हाम्रो संस्था र व्यक्तीलाई मात्र बदनाम गर्न खोज्नुबाट यस समाचारको गलत नियत प्रष्ट हुन्छ । मुल आयोजकलाई कतै केही उल्लेख नगरिकन लाखौं डलर हाल्ने प्रायोजकलाई मात्र खेद्नुबाट पनि यो समाचार लेखको कुनियत स्पष्ट भएको छ। हाम्रो संस्थाबाट लागेको अभिभावकको भिजिटर भिसाको तस्बिर र नाम राखेर मन गढन्ते खबर प्रकाशित गर्नेले मुख्य आयोजक र आधिकारिक काम काज गर्नेहरुको नाम लुकाउनु अर्थपुर्ण रहेको हामीले पाएका छौं। यसको पछाडि धेरैखाले नियोजित षडयन्त्र छन् भन्ने हामीलाई लागेको छ।

मानव तस्कर भनेको के हो ? मानिसलाई लुकाएर नेपालबाट अष्ट्रेलिया प्रवेश गराउन सकिन्छ ? प्यारेन्टस भिजिटर भिसाको तस्बिर दुरूपयोग गरेकोले हामी साइबर क्राइममा पनि जाने भएका छौँ । यदि कसैले हामीले गैह्र कानुनी काम गरेको प्रमाण देखाउन सक्छ भने हामी कानुन बमोजिम सजाए भोग्न तयार छौं। तर काम गर्ने कालु मकै खाने भालु भनेझै कसैको चरित्र हत्या गर्नु पनि अपराध हो र यसै सम्बन्धमा हामी विद्युतीय कारोबार अन्तर्गत नेपालमा कानुनी उपचारमा जाने भएका छौँ ।

सत्यको जित भएझैँ हामीले आफ्ना व्यवसायिक धर्म पुरा गरेको प्रभावले हामीलाई विश्वास गर्ने शुभचिन्तकहरु यस्तो हौवा र कुसमाचारको पछि लाग्नु हुदैन भन्ने कुरामा बाबा परिवार विश्वस्त छ यसरी पर्दा पछाडी बसेर भ्रामक र असत्य समाचार लेखेर संस्था र व्यक्तीको चरित्रहत्या गर्न खोजे तत्वहरुले हाम्रो इतिहास र स्वाभिमानलाई कुनै असर गर्ने छैन भन्ने कुरामा हामी ढुक्क छौँ।

मुख्य व्यवस्थापक,
बाबा एजुकेशन कन्सल्टेन्सी
मितिः २३ जुलाई २०२२

प्रतिक्रिया दिनुहोस्