कंग्रेस आईका नेता राहुल गान्धी पक्राउ



एजेन्सी । कंग्रेस आईका नेता राहुल गान्धीलाई पक्राउ परेका छन् । मंगलबार संसद भवनदेखि विजय चोकसम्म प्रदर्शनमा सहभागी हुन पुगेका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

उनी विजय चोकमा धर्ना बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिनुअघि गान्धीले बढ्दो महँगी र बेरोजगारीबारे सरकारलाई खबरदारी गर्नु प्रदर्शनको उद्देश्य रहेको बताएका थिए ।

‘महँगी र बेरोजगारीबारे संसदमा बहस गर्न दिइएको छैन र प्रहरीले सडकमा प्रदर्शन गर्नसमेत रोक लगाएको छ,’ गान्धीले भनेका छन् । गान्धीसहित प्रदर्शनमा पुगेका कंग्रेस आईका अन्य सांसद तथा नेता कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्