गुजरातमा घरेलु मदिरा पिउँदा २६ जनाको मृत्यु



एजेन्सी । मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा २६ जनाको मृत्यु भएको छ । अन्य ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गुजराजको बोटाद जिल्लामा आइतबार मदिरा सेवन गरेकाहरु बिरामी परेका हुन् । उनीहरुको उपचार भइरहेको छ । प्रहरीले मदिरा बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।

भारतको गुजराजसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्