पहिरोका कारण तीन सडक अवरुद्ध



काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण लमजुङ, कालिकोट र बागलुङका तीनवटा सडक खण्ड अवरुद्ध भएका छन् । लमजुङको बेसिशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा डुम्रे-बेसिशहर सडकखण्ड अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । कालिकोटको खाडाचक्र नगरपालिका-२ जितेस्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । बागलुङको बागलुङ नगरपालिका-१० डब्ल्याङस्थित कालिगण्डकी कोरिडर सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

प्रहरी चौकी मालढुङगाबाट खटिएको प्रहरीले अवरुद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्