सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक



काठमाडौं : जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको जनाएको छ।

प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्छ। यस कम्पनीसँग ४ वटा जहाज रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका उडान रद्द भएको जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्