मेलम्चीको बाँकी कामको ठेक्का चिनियाँ कम्पनीले पायो



काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ। ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको हो।

सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कडेँलले बताए। मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाएको थियो । तर, दुबै ठेक्का सिनोले नै पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्