प्रधानमन्त्री ओली उपचारका लागि डेढ साता सिंगापुरमा बस्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि डेढ साता सिंगापुर बस्ने भएका छन्।

मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी गराएका हुन्।

‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘प्रधानमन्त्रीले ८–१० दिनलाई फेरि म सिंगापुर जाँदैछु भन्नुभयो।’

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए। उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन्। ओली ५ गते सिंगापुर जाँदैछन्।

 

प्रतिक्रिया दिनुहोस्