जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तसहित चार विद्यार्थी पक्राउ 



जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जवरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

गत बिहीबार बयान लिने क्रममा अपराध अनुसन्धान शाखाबाट फरार भएको राममनी यादवसहित चार विद्यार्थीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

फरार भएको ६ दिनपछि प्रहरीले मंगलबार राति ९ः३० बजे सिरहा माडरको भारतीय सीमाबाट पक्राउ परेका डीएसपी रामेश्वर कार्कीले द नेपालटपलाई बताए ।

उनका साथै सिरहा औरहीका प्रमेश यादब, ठैगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन् । यि चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी हुन् । 

पक्राउ परेका ५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रहरीको हिरासतबाटै यादव फारर भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेको छ भने डीएसपी कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबीन टोली नै गठन गरेर फरार अभियुक्तको खोजी तीव्र पारिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणी यादवले बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्