मालपोत कार्यालय कास्कीका अधिकृत ५९ हजार घुससहित रंगेहात पक्राउ



पोखरा : मालपोत कार्यालय कास्कीका अधिकृत ५९ हजार घुससहित रंगेहात पक्राउ गरेका छन् । 

मंगलबार साँझ ५९ हजार घुससहित मालपोत अधृतिक अविनाश कुवँरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखारको टोलीले पक्राउ गरेको हो ।  

कुँवरलाई पोखराको मुस्ताङचोकस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरिएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । 

जग्गा पास गर्दा कर घटाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए । कुँवरले रकम लिएलगत्तै अख्तियारको टोलीले पक्राउ गरेको सूचना अधिकारी रिजालले बताए । उनले भने ‘सेवाग्राहीसँग केही दिनदेखि घुस लिनका कुवँरले आवश्यक कागजपत्र तयार हुँदाहुँदै पनि विभिन्न बहानामा काम रोकिदिएको पाइयो । घुस बिना फाइल अगाडि नबढेपछि सेवाग्राहीले केन्द्रीय कार्यालयमा गरेको उजुरीका आधारमा रंगेहात घुससहित पक्राउ गरेका हौं । गुनासोपछि अख्तियारको टोली पुग्दा उनी घुस लिदाँलिदैको अवस्थामा पक्राउ गरेका हौं’ उनले भने । 

 

प्रतिक्रिया दिनुहोस्