५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु



काटमाठौं । नेपालमा शुक्रबार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार २८२ जनाको नमूना परीक्षण गर्दा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।  एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

थप ५७७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ४ हजार ३५४ पुगेको छ। २४ घण्टाको अवधिमा २६९ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्