निको नहुने रोग लागेकी महिलाले हाम्फालेर गरिन् आत्महत्या (भिडियो सहित)



एजेन्सी : चीनमा निको नहुने क्यान्सर लागेकी एक महिलाले अस्पतालको माथिल्लो तल्लाबाट हाम्फालेर आत्महत्या गरेकी छन्। तल उभिरहेका एक युवकमाथि उनी खसेकी हुन्। युवक अस्पतालमा परिवारका एक सदस्यलाई भेट्न गएका थिए र उनको करङमा फ्रयाक्चर भएको बताइएको छ। 

घटना सोमवार हार्बिन मेडिकल विश्वविद्यालयको अस्पतालमा भएको हो। महिलालाई फोक्सोमा क्यान्सर लागेको थियो र त्यो टर्मिनल स्टेज अर्थात् निको नहुने अवस्थामा पुगिसकेको थियो। यसको खबर पाएपछि महिलामा आत्महत्याको सोच आएको थियो। 

घटनाको भिडियोमा युवक अस्पतालको लब्बीबाहिर उभिरहेको अनि क्यान्सर रोगी उनीमाथि पछारिएको देखिन्छ। घटनाका १० जना प्रत्यक्षदर्शी थिए। 

आफूमाथि महिला खसेपछि ती व्यक्ति बेहोश भएका थिए र उनलाई तत्कालै अस्पतालभित्र लगिएको थियो। चिकित्सकहरूले उनको थोरासिस स्पाइनमा फ्रयाक्चर भएको पुष्टि गरे। उनी निको भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्