नेपाल प्रहरीको विभिन्न पदमा ४ हजारका लागि जागिर खुल्यो



काठमाडौं : नेपाल प्रहरीमा जागिरको अवसर खुलेको छ । 

नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। 

राष्ट्रिय प्रहरी प्रशिक्षा प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने गरी २५ जना खेलाडी मागेको छ । त्यस्तै प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ।

१९० जना भान्छे र १० जना हजामको माग गरेको छ । त्यस्तै कुचिकार २० जना मागेको छ ।

प्रतिक्रिया दिनुहोस्