विश्वविद्यालयहरु निमित्तको भरमा 



काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारीस गर्न गठित सर्च कमिटीको समयआवधी आगामी २० गतेसम्म थप भएको छ । सर्च कमिटीले उपकुलपति सिफारीस गर्न नसकेपछि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अगाडि म्याद थप गरेका हुन् । 

उपकुलपति तीर्थ खनियाँको पदावधि सकिएसँगै त्रिविको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई तोकिएको छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा शिक्षाध्यक्ष रमेश ढकाल, कृषि विश्वविद्यालयमा डिन शारदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयमा विजयकुमार थपलियालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ । 

नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति सिफरीस गर्न सहकुलपति रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज माणि पोखरेलको अध्यक्षतामा छुट्टा–छुट्टै सर्च कमिटी गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्