अल्जेरियाका पूर्वमन्त्रीमाथि भ्रष्टाचारको आरोप



अल्जियर्स : अल्जेरियाको सर्वोच्च अदालतले पूर्व कानुन मन्त्री तयिब लोउलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा थुनामा राख्न बिहीबार आदेश दिएको छ । 

सरकारी अभियोजनकर्ताका अनुसार पूर्वमन्त्री लोउमाथि शक्तिको दुरुपयोग, न्यायमा अवरोध, सरकारी कागजात तोडमरोड तथा पक्षपातमा संलग्न रहेको आरोप लागेको छ ।

अदालतको आदेशलगत्तै पूर्वमन्त्री लोउलाई गिरफ्तार गरिएको छ । गत अगस्ट ८ मा सर्वोच्च अदालतले लोउमाथि प्रारम्भिक सुनुवाई गरेको थियो । लोउको पासपोर्ट जफत गर्नुका साथै देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

लोउ अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलाजिज बाउतेफ्लीकाको शासनकालमा सन् २०१३ देखि २०१९ सम्म अल्जेरियाका निकै प्रभावशाली कानुन मन्त्री थिए ।

दुईजना पूर्व प्रधानमन्त्री अब्देलमलिक सेल्लाल र अहमद ओयाहिया समेतका धेरै जना वरिष्ट सरकारी अधिकारीहरुलाई पनि पदको दुरुपयोग तथा भ्रष्टाचारको आरोपमा पक्राउ गरी जेलमा राखिएको छ ।

गत फेब्रुअरी २२ देखि अल्जेरियामा जारी जनप्रदर्शनबाट राष्ट्रपति बोतेफ्लीकाको शासन ढलेको थियो । प्रदर्शनकारीहरुले मुलुकमा सुशासन कमजोर बनेको, भ्रष्टाचार बढेको तथा प्रहरी दमन बढेको भन्दै दोषीमाथि कारबाही गर्न निरन्तर माग गरी प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार

नेपालमा पछिल्लो समय मधुमेह अथवा चिनी रोग (डाइबिटिज) का बिरामी बढ्दै गइरहेका छन् । मधुमेह

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्