३ महिला चढेकाे कारमा आगो लागेपछि भागा भाग (भिडियो सहित)



एजेन्सी : मेक्सिकोको गुआडेलूपमा एउटा कारमा आगो लागेपछि तीनजना महिला भाग्न बाध्य भएका छन्। आगो लागेपछि धूवाँको बाक्लो मुश्लो उठेको थियो। घटनाको भिडियोमा एउटा कारलाई आगोको लप्काले लखेटेको देखिन्छ। 

आगो निभाउनका लागि कारलाई पानी जमेको ठाउँमा लगिएको थियो तर आगोले कारलाई छोपिरहन्छ। त्यसपछि कारमा अचानक ब्रेक लगाइन्छ र त्यो चोकको बीचमा चिप्लिन्छ। अनि कारका चारैवटा ढोका खुल्छन् र तीन महिला भाग्न थाल्छन्। 

बटुवाहरूले ती महिलालाई कारबाट भागेर नजिकैको भवनमा लुक्न भन्छन्। कार पड्किने डर उनीहरूलाई हुन्छ। एम्बुलेन्सकर्मीहरूले आगो लागेको वाहनतिर पानीको फोहरा लिएर गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्