कीएभको सबभन्दा अग्लो भवनमा झुण्डिएको खतरनाक भिडियो सार्वजनिक (भिडियो सहित)



एजेन्सी : युक्रेनको राजधानी कीएभमा रहेको सबभन्दा अग्लो भवनबाट एकजना व्यक्ति झुण्डिएको खतरनाक भिडियो सार्वजनिक भएको छ। लिथुआनियाका रोमाञ्चप्रिय व्यक्ति शीएले युरोपभरि घुमेर साहसिक काम गर्ने गरेका छन्। 

कीएभमा उनी क्लोभ्स्की डिसेन्ट ७क नामक भवनको टुप्पोमा पुगेर झुण्डिएका थिए। उनले सिँढी चढेको, लिफ्ट चढेको अनि भवनको छेउबाट उक्लेको र टुप्पोमा पुगेको भिडियो बनाएका छन्। उनी भवनको छेउमा पुग्दा क्यामराले कीएभ शहरको अविश्वसनीय दृश्य देखाएको थियो। 

त्यसपछि उनी भवनको छेउमा रहेको सुन्तला रंगको सुरक्षा घेरामुनि पाइताला राख्छन् र झुण्डिन्छन्। उनी हात हल्लाउँछन् र उनको कपाल हावामा फर्फराउँछ। उनले साथीको सहयोगमा भवनको चुचुरो पुगेर थप रोमाञ्चकारी भिडिया बनाएका छन्। 

उनले बाहिर देखिने कुनै पनि सुरक्षा उपकरण प्रयोग नगरी चढेको र शहरको गजबको दृश्य र स्पष्ट नीलो आकाश देखाएको भिडियो छ।

प्रतिक्रिया दिनुहोस्