पप्पुसँगको ठेक्का सम्झौता तोडियो



काठमाडौं : पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ ।

बाँकेमा निर्माणाधिन सिक्टा सिँचाईको डँडुवा नहरमा गुणस्तरहिन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको छ ।

ठेक्का सम्झौता गरेको २८ महिना वित्दा पनि काम नभएपछि सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्