भारतमा ९ जनामा मंकीपक्स संक्रमण



एजेन्सी । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ। योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन्।

उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन। भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् ।

ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ। उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्