न्यूनचापीय वायु प्रणाली विकसित, पूर्वी तराईमा हावाहुरीसहित वर्षा



काठमाडौं : देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविदका अनुसार आज देशभर मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने छ । 

शनिबार बिहान दैनिक बुलेटिन जारी गर्दै देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको ।

मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ भने बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको मौसमविदले जानकारी दिए । 

त्यसैको प्रभावका कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।

देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह  गरेको छ । 

देशको मध्य तथा पश्चिमका भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्