चट्याङ लागेर २ वर्षीया बालिकाको मृत्यु



बाजुरा : बाजुरामा चट्याङ लागेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । 

जिल्लाको बुढीगंगा नगरापालिका १० बधेडामा शुक्रबार राति चट्याङ लगेर लली सार्कीकी २ वर्षीया छोरी सिरिया सार्कीको मृत्यु भएको हो । साथै मृतक बालिकाकी आमा दीला सार्की भने अचेत भएकी छिन् । 

मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् ।

स्थानीयका अनुसार घरमा परेको चट्याङको आवाजले बालिकाका बहोस भएर मृत्यु भएको हो ।  

चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ । 

क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्