ईश्वर पोखरेलले लिए स्कुल विभाग प्रमुखको जिम्मेवारी



काठमाडौं : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएका छन्। ललितपुरमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रम गरी कार्यवाहक प्रधानमन्त्री पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो।

तत्कालीन माओवादी केन्द्रका स्कूल विभाग प्रमुख र नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका थिए।स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया दिनुहोस्