बर्दियामा बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु



बर्दिया : बर्दियामा बाघले आक्रमण गर्दा एक वृद्धाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । 

आइतबार बिहान ७:३० बजे सोही नगरपालिकाका १ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।   

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाँस्तोलाले बताए ।

थारुको घटनास्थलमै मृत्यु भएको थियो । बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्