प्रधानमन्त्री मातहत ल्याइएका तीनवटै विभाग अझै अन्योलमा



काठमाडौं : आफु प्रधानमन्त्री भएको आठौं दिनमा केपी आलीले. सरकारको कार्यविभाजन नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग आफुमातहत ल्याएका थिए । 

उनी प्रधानमन्त्री भएको नौ महिना लागिसक्दा पनि कानुन् अन्योलमा परेका छन् । 

विद्यमान ऐनअनुसार राष्ट्रिय अनुसन्धान विभाग गृह र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत छन् । 

ती विभागमा कर्मचारीको सरुवा बढुवालगायत निर्णयसमेत तालुकवाला मन्त्रालयले गर्दै आएका छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्