तीन सिंहले गरे भैंसीको शिकार (फाेटाे सहित)



एजेन्सी : तान्जानियाको सेरेन्गेटी राष्ट्रिय निकुञ्जमा तीनवटा भोका सिंहले एउटा भैंसीको शिकार गरेर खाएको तस्वीर सार्वजनिक भएको छ। बेलायती फोटोग्राफर निक डेलले अप्रिल महिनाको यसको तस्वीर खिचेका हुन्। 

शुरूमा एउटा सिंहले भैंसीलाई पछाडिबाट आक्रमण गरेको अनि दुई सिंह पछि आएर भैंसीमा दाह्रा गाडेको देखिन्छ। तीन सिंहले भैंसीलाई भुइँमा लडाएपछि चौथो सिंह पनि खान आइपुगेको देखिन्छ। 

डेलले निकोन डी८१० क्यामराले दुईसय यार्ड परबाट जीपमा बसेर दृश्य खिचेका थिए। यो आफ्नो करीयरको सबभन्दा नाटकीय क्षणमध्ये एक भएको उनको भनाइ छ। उनले भने, ‘उत्साह।यसका लागि यही एक शब्द पर्याप्त छ।

शिकार गरिरहेको दृश्य निकै दुर्लभ हुन्छ र जीपको यति नजिक यो दृश्य देख्न पाउँदा यसको एउटा क्षण पनि मिस गर्न मन लाग्दैन। चार भाले सिंह शिकारमा संलग्न भएपछि एउटाले भैंसीको घाँटी अनि मुखमा टोकेर मारिदियो। त्यसपछि सिंहले भैंसीको सिनो खाए।’

 

प्रतिक्रिया दिनुहोस्