पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान सोमबार



चितवन : पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ। टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले प्रस्तोता रवि लामिछानेसहित तीन जनाबिरुद्ध आत्महत्याका लागि दुरुत्साहन कसुर अपराध गरेकोले हदैसम्मको सजाय मागदाबी गर्दै आइतबार मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्