छिमेकी चिढाउन घरको भित्तामा यस्तो इमोजी !



एजेन्सी : छिमेकीसँगको रिस फेर्नका लागि मान्छेले कहिलेकाहीँ निकै अनौठो कार्य गर्दोरहेछ। अमेरिकाको क्यालिफोर्नियामा एकजना मानिसले छिमेकीलाई चिढाउने गरी आफ्नो घरको भित्तामा इमोजी बनाएको घटना अहिले चर्चामा छ। घरको भित्तामा ठूलो आकारको स्माइली इमोजी बनाएपछि छिमेकीसँग उनको विवाद भएको छ।

तनावको माहोलमा पनि छिमेकीहरु खुसी रहन सकून् भनेर आफुले घरको भित्तामा रङ्गी विरङ्गी बनाएको क्याथरिन कीड नामकी ती महिलाको दाबी छ। आफ्नो छिमेकी सधैं थकित तथा पीडामा रहने र अरुसँग बारम्बार झगडासमेत गर्ने गरेकोले छिमेकीलाई खुशी पार्न आफूले घरको भित्तामा इमोजी बनाएको उनको भनाइ थियो।

आफ्नो घरको भित्तामा रहेका स्माइली देखेर छिमेकी खुशी हुनेछन् भन्ने उनको अनुमान थियो। तर उनको अनुमान गलत सावित भयो। छिमेकी त खुशी हुनुको साटो झनै रिसाए। छिमेकीका अनुसार क्थारिनले छिमेकीलाई खुशी पार्नका लागि नभै चिढाउनका लागि घरका भित्तामा इमोजी बनाएकी हुन्।

उनले बनाएका इमोजीमध्ये एउटामा मुखमा लगाम लगाइएको थियो भने अर्कोचाहिँ मजाक उडाइएको इमोजी थियो। दुवै इमोजीमार्फत उनले आफ्ना छिमेकीलाई खिसीट्युरी गरेको र चुप रहन निर्देशन दिएको रुपमा बुझियो, जसका कारण छिमेकीहरु झनै रिसाए।

क्याथरिनकी एकजना छिमेकी सुसेनका अनुसार भित्तामा पोतिएका इमोजी हेर्न नसकेर उनले आफ्नो घरको पर्दासमेत उघार्न छाडेकी छन् ।

प्रतिक्रिया दिनुहोस्