झाँक्रीको गुनासो : योजना अनुसार काम गर्न पाइन



काठमाडौं । पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफुले बनाएको योजनाअनुसार काम गर्न नपाएको गुनासो गरेकी छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै झाँक्रीले गत आर्थिक वर्ष २०७८र७९ को अन्तिमसम्म काम गर्न पाएको भए मन्त्रालयको ८० प्रतिशतसम्म काम सक्ने दाबी गर्दै यस्तो गुनासो गरेकी हुन् ।

८ महिना २० दिन मन्त्रालय बसेकी झाँक्रीले सम्हालेको मन्त्रालयको कार्यप्रगति गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा धेरै देखिएको छ । तर, यो कार्य प्रगतिलाई आर्थिक वर्षको अन्तिमसम्म राम्रोसँग काम गर्न पाएको भए ८० प्रतिशतभन्दा माथि पुर्याउने गरी काम गर्ने योजना बनाएको झाँक्रीले दाबी गरेकी छन् ।

‘गत आर्थिक वर्ष २०७८/७९ मा शहरी विकास मन्त्रालयको कार्यप्रगति ७०.१ प्रतिशत छ,’ उनले भनिन्, ‘अन्तिमसम्म काम गर्न पाएको भए यो प्रगति ८० प्रतिशत पुग्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्