केसी र भुजेललाई थुनामुक्त गर्न आदेश



काठमाडाैं : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतको मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

 

आदेशमा वस्तुनिष्ठ आधार र कारणबिना नै पक्राउ गरेको देखिएको र अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने औचित्यपूर्ण कारण नभएको उल्लेख छ । केसी र भुजेललाई गत वैशाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा पहिलो पटक भदौ १२ गते पक्राउ गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्