देशका यी स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । 

सोमबार बिहान दैनिक बुलेटिन जारी गर्दै देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

साथै देशको पश्चिमी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका कारण यी स्थानमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन समेत आग्रह गरेको छ । 

मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिण तर्फ सरेको छ । साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यून चापीय प्रणाली रहेको छ । 

आगामी तीन दिनको मौसम 

भदौ ९ गते (सोमबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशको पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ १० गते (मंगलबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुनेछ । पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ ११ गते (बुधबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित  हल्कादेखि मध्यम वर्षा हुनेछ । 

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्