प्रतिनिधि र प्रदेशसभा निर्वाचन, कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने



काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनको तयारीका लागि देशभर पार्टीका नेताहरु खटाउने भएको छ। आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो।

महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला-जिल्ला खटाइने जानकारी दिएका छन् । उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो।

उनले निर्वाचनकै तयारीका लागि पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि काठमाडौँ बोलाइने जानकारी दिएका छन् ।

उनले अगाडी भने ३० र ३१ गते श्रावणमा देशभरका स्थानीय सरकारका साथीहरुलाई यहाँ बोलाउँदै छौँ।’

प्रतिक्रिया दिनुहोस्