एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर आकस्मिक अवरतण भएको छ।

पार्टीको कार्यक्रमका लागि रौतहट जाने क्रममा खराब मौसमका कारण ओली चढेको हेलिकप्टर सिमरा एयरपोर्टमा आकस्मिक अवतरण भएको बारा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिएका छन् । 

आधा घण्टाजति बिमास्थलमा रोकिएका ओली मौसममा सुधार आएपछि रौतहट प्रस्थान गरेको बोगटीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्