दलितका नागरिकताको अपमानजनक नाम सच्याउन सांसदको माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् ।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिदाँ अपमानपूर्वक नाम राखिएको भन्दै
आपत्ति समेत जनाएका छन् ।

उनले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालिन प्रशासनले विगारिदिएको भन्दै उनिहरुको नाम सच्याउन गृहमन्त्रीसँग माग गरेका छन् ।

सांसद सुनारले यस्तो त्रुटीहरुको खोजि गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरेका छन् । उनले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमान माथि अपमान भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्