चितवनमा लामिछाने समर्थक र प्रहरीबीच झडप 



चितवन : पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप आज (सोमबार) दिउँसो झडप भएको छ । 

भारतपुर बसपर्क क्षेत्रमा दुई पक्षबीच झडप भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

रवि समर्थकहरुले प्रहरी टोलिमाथि ढुंगा प्रहार गरेपछि दोहोरो झडप भएको हो ।

घटनाले उग्ररुप लिन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने तीन–चार वटा सार्वजनिक यातायातमा समेत क्षति भएको छ । 

यता प्रहरीले द नेपालटपसँग कुरा गर्दै भारतको चौबिसकोटीमा पनि प्रहरी र लामिछाने समर्थकबीच झडप भएको बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस्