छोरीलाई दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई आमाले हिकाएपछि..



एजेन्सी : भारतको बिहार राज्यको रोहतास जिल्लामा रहेको एक विद्यालयमा एक आमाले प्रधानाध्यापकलाई दौडाई दौडाई चप्पलले हिर्काइन् अनि प्रहरीसमक्ष उजुरी दर्ता गरिन्। प्रधानाध्यापक हीरा शाहमाथि एक बालिका विद्यार्थीले दुर्व्यवहारको आरोप लगाइन्। आफूलाई दुर्व्यवहार गरिएको कुरा विद्यार्थीले आमालाई बताइन्।

रिसाएकी आमा विद्यालय पुगिन् अनि प्रधानाध्यापकलाई थप्पड हान्दै अनि चप्पलले हिर्काउँदै दौडाइन्। घटनाका बेलामा विद्यालयमा भीड जम्मा भयो । लामै समयसम्म यो घटना भइरह्यो। काराकाट थानामा आमाले प्रधानाध्यापकविरुद्ध उजुरी दर्ता गरेकी छन्। उक्त क्षेत्रमा घटनाको चर्चा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्