४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण हुन्छः मन्त्री पौडेल



हेटौंडा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आउँदो मंसिर ४ गते हुने संघ तथा प्रदेश तहको निर्वाचन शान्तिपूर्ण हुने बताएका छन्। प्रेस सेन्ट मकवानपुर समन्वय समितिले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण हुने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्र बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बन्ने दाबी समेत गरे। उनले माओवादीलाई बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बनाउने कार्यायोजनाहरु बनाएको बताए।

‘बामपन्थी अन्य पार्टीहरु छन् ,उहाँहरुले पनि भन्नुहोला, हामीले चाहीँ हामी पहिलो पार्टी हुन्छौँ भनेका छौँ, आधार पनि छ, सम्भावना पनि छ’ पौडेलले भने, ‘प्रतिस्पर्धा गरौँ, हेरौँ, हाम्रो लक्ष्य पहिलो पार्टी बन्ने छ।’ माओवादी वर्तमान गठवन्धन कायम राखेर निर्वाचनमा होमिने बताउँदै पौडेलले सिट बाँडफाँडबारे बाहिर हल्ला भए अनुसार हालसम्म कुनैपनि सहमति नभएको बताए।

‘हामी गठवन्धनका दलहरु औपचारिक रुपमा बैठक तथा बहसहरु सञ्चालन गरिरहेका छौ। तर हालसम्म कति सिट बाँडफाँड हुन्छ भन्ने विषयले प्रवेश पाईसकेको छैन् ।’ पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्