घरेलु मदिरा भट्टी सहित १० हजार लिटर तयारी र ८० हजार लिटर कच्चा पदार्थ नष्ट



काठमाडौं । जिल्लामा अपराधिक गतिविधि न्यूनिकरण गर्न घरेलु हिंसा सवारी दुर्घटना लगायत घटनाहरू नयूनिकरण गर्दै अगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कार्यक्रम अन्तरगत बारामा १७ वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर तयारी र ८० हजार लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ ।

जिल्लामा भएका अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रण तथा नष्ट गर्ने अभियान अन्तरगत मिति २०७९–०४–२५ गते दिउँसो १२ः१५ बजेदेखी १६ः३० बजेसम्म जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्र.नि सहित ४५ जनाको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नं. ३ र १० गंजभवानीपुर टोल स्थित विभिन्न घरमा संचालन भइरहेका अवैध मदिरा भट्टी विशेष सूचनाको आधारमा स्थानिय प्रतिनिधिहरूको रोहवरमा कारबाही गर्दा पक्की घरभित्र १०–१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यूनगुणस्तरका रक्सी उत्पादन गर्न लुकाई छिपाई भण्डारण र संचालन गरिरहेका १७ वटा अवैध भट्टीहरू नष्ट गरिएको जनाएको छ ।

सो क्रममा अवैध तयारी मदिरा १० हजार लिटर, मदिरा बनाउन प्रयोग गरिने ८०, हजार लिटर कच्चा पदार्थ र ठुलो परिमाणमा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा, ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको र अगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्