आज यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली रहेको छ ।

अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्