रामेछापको मन्थलीमा मिनी ट्रकमा आगजनी



काठमाडौ : रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा मिनी ट्रकमा आगजनी भएको छ। गएराति ११ बजेतिर बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा अज्ञात व्यक्तिले आगो लगाएका हुन्।

ड्राइभर सन्देश कार्कीको घरनजिकै पार्किङ गरेर राखिएको मिनिट्रक पूर्णरुपमा जलेको ट्रक धनी नवीन कार्कीले जानकारी दिए। उनकाअनुसार गाडीमा आगलागी भएको स्थानीय एक बृद्धले देखेर खबर गरेपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए।

ट्रकमा आगो कसले, किन लगायो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। सवारी धनी कार्की तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष हुन्। अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्