![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/08/anfa_Td3x5fF7nW.jpg?fit=1000%2C561&ssl=1)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा बसिरहेको एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म गर्ने निर्णय गरेको हो । त्यस्तै सी डिभिजन लिग असोज १ गतेबाट ३० गतेसम्म गर्ने निर्णय गरेको छ ।
त्यस्तै बी डिभिजन लिग चैत ६ गतेदेखि वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।