बलात्कार गरेको आरोपमा विक्रम ब्लोन पक्राउ 



मकवानपुर :  २६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा विक्रम ब्लोन पक्राउ परेका छन् । राक्सिराङ गाउँपालिका १ कुविनटार बस्ने ४२ वर्षीय ब्लोनलाई सोमबार  प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुर बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्