स्थानियले नगरपालिकाको सहकार्यमा २ किलो मिटर सडक कालोपत्रे



सिरहा : गोलबजार नगरपालिका २ लालपुर, टोड्केका स्थानियले नगरपालिकाको सहकार्यमा करिब २ किलो मिटर सडक कालोपत्रे गरेका छन् ।  

स्थानिय जीवछ साहको अध्यक्षतामा बनेको सडक कालोपत्रे उपभोक्ता समितिले स्थानिय जनस्रमदान ९ लाख ५० हजार १ सय २५  रुपैयाँ र गोलबजार नगरपालिकाको ९० लाखलागतमा स्थानियले सडक कालोपत्रे गरेका हुन् । 

सैनिकचोकदेखि टोड्के पिपलचौकसम्म जोड्ने उक्त सडक कालोपत्रे बनेपछि स्थानिय ७५ वर्षीया मदनयादवले स्थानिय सरकार गाउँ छिरेको आभास भएको बताए । सडक कालोपत्रे भएपछि गाउँको मुहारनै फेरिएको यादवले बताए । 

नगरपालीकाका मेयर देवनाथ साहले नगरक्षेत्रकै उत्कृष्ट सडक बनेको बताउँदै उनले नगरमा अरुक्षेत्रमा पनि ठूला र कालोपत्रेको योजनाको काम भएको भएपनि यो उपभोक्ता समितिले राम्रो काम गरेको जनाए ।

टोडेके गाउँ महेन्द्रराज मार्गबाट करिव ३ किलो मिटर उत्तरमा पर्छ । टोड्केका अधिकांश जनता कृषिमा निर्भर छन् । स्थानिय इन्दिरा रिजाल मगरले भनिन्, ‘सडक कालोपत्रे बनेपछि हरियो सागपात र तरकारी बजार लगेर बेच्न सजिलो बनेको छ, नानीबाबुहरुलाई पनि विद्यालय जान सचिलो भएको छ ।’

गोलबजार नगरपालिकाकाअनुसार १७ सय ५० मिटर लम्बाई रहेको उक्त सडकको चौडाई साँढे पाँच मिटर रहेको छ भने कालोपत्रेको मोटाई ३ सेन्टिमिटर रहेको छ । गोलबजार नगरपालिकाका इञ्जिनियर सन्तोष यादव भन्छन्, ‘उक्त सडकको कालोपत्रे नगरपालिकाको मापदण्ड अनुसार बनेको छ । यादवकाअनुसार उक्त कालोपत्रे इन्टरमिडियट लेनको बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्