अरुण जेट्लीको श्रद्धाञ्जली सभामा नेताहरूको मोबाइल चोरी



एजेन्सी : भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको अन्तिम संस्कार आइतवार दिल्लीको निगमबोध घाटमा गरिएको छ। त्यसमा सहभागी भाजपा सांसद बाबुल सुप्रियो र पतञ्जलीका प्रवक्ता एसके तिजारावाला समेत ११ मानिसको मोबाइल चोरी भयो। सोमवार तिजारावालाले यसको जानकारी दिए। 

प्रहरीले भन्यो, ‘बाबुल सुप्रियो समेत पाँचजनाले मोबाइल चोरीको उजुरी गरेका छन् । हामीले घटनाको अनुसन्धान शुरू गरेका छौं।’ तिजारावालाले ट्वीट गरेर मोबाइलको फोटो, त्यसको लोकेसन र आईएमईआई नम्बर पनि शेयर गरे।

पतञ्जलि प्रवक्ताले ट्वीट गरे, ‘दुःखी मनका साथ सबैजना आधुनिक भारतका प्रखर व्यक्तित्व अरुण जेट्लीजीलाई अन्तिम प्रणाम गरिरहेका थिए। त्यतिखेर जुन मोबाइलबाट फोटो खिचिएको थियो, त्यसले पनि मलाई अन्तिम प्रणाम गर्‍यो। निगमबोध घाटमा मेरो, सांसद बाबुल सुप्रियो र अन्य नौजनाको फोन चोरी भयो।’

प्रतिक्रिया दिनुहोस्